‘चन्दामा कुरा नमिलेपछि एनसेललाई तर्साउन विस्फोट’

काठमाडौं, फागुन १२ । ललितपुरको नख्खुस्थित एनसेल कार्यालय नजिक पुगेपछि सिमप्रसाद गुरुङ बा २० च १०३२ नम्बरको आफ्नो गाडि साइड लगाएर सडकमा फ्रयाँकिएको बस्तु हेर्न झरे दुभाग्य उनी शंकास्पद बस्तु नजिक नपुग्दै विस्फोट भयो । उनीसँग अन्य दुई जना पनि घाइते भए । घाइते भैंसेपाटी बस्ने गुरुङको उपचारको क्रममा मृत्यु भयो ।

केही दिनदेखि काठमाडौंबाहिरका कार्यालयमा फोन गरेर चन्दा मागेको रहेछ् तर प्रहरीलाई यसबारे तत्काल जानकारी गराइएन ‘एक महिनाअघि पत्र लेखेर चन्दा मागेका रहेछन् तर एनसेलका अधिकारीले प्रहरीलाई जानकारी गराएनन् महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एक अधिकारीले भने । ती अधिकारीका अनुसार एनसेलले चन्दा दिएरै मिलाउन खोजेको रहेछ तर कुरा नमिलेपछि नेकपाले बम विस्फोट गराएको देखिन्छ । समाचार नागरिक दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित मिति: आइतवार, फाल्गुन १२, २०७५ /Sunday, February 24th, 2019, 7:22 am