बौद्धिक महिला समेत घरेलु हिंसाको चपेटामा !

काठमाडौ, फागुन ७ । उपन्यासकार, गीतकार डाक्टर रेणुका सोलुको उपन्यास चिराग बजारमा आएको छ । शनिबार काठमाडौमा चर्चित हाँस्य कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सोलुको उपन्यास चिरागको संयुक्त रूपमा विमोचन गरेका हुन।
डा. रेनुकाको यस अघि “भीरमह” उपन्यास प्रकाशित भैसकेको छ भने “आउनु है सोलुखुम्बु” गीत संग्रह पनि प्रकाशित गरेकी छिन ।
समाजमा भैरहेको महिला हिंसाको विषयमा लेखिएको उपन्यासमा बौद्धिक वर्गका महिलाहरु समेत घरेलु हिंसाको चपेटामा रहेको प्रसङ्गलाइ मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।
महिलाहरुको भोगाइलाई रोक्न समाज नै बाधक रहेको कुरा साहित्यकार सोलुले उठाएकि छिन ।
समाजमा बौद्धिक ब्यक्तिबाट गरिएका दमन होस वा अन्य नाममा रहेका कुरिती, उपन्यासले हरेक महिलाहरुको भोगाइलाई साझा समस्याको रूपमा प्रस्तुत गरेको उपन्यासकार डा. सोलुले बताइन।
वरिष्ठ हास्यकलाकार तथा महजोडीले महिलाहरु आफैमा एक सबल र सक्षम रहेको भन्दै महिलामाथी हुने अन्याय विरुद्ध सबै जुट्नुपर्ने बताए । समाज रुपान्तरणको लागि लैंगिक समानता आवश्यक रहेको भन्दै महजोडीले महिलाहरू विरुद्ध हुने अत्याचारका विरुद्ध सहकार्य गरि अगाडि बढ्नुपर्नेमा जोड दिए ।
बिमोचन कार्यक्रममा सोलुखुम्बु बहुमुखी क्याम्पसका पुर्व प्राध्यापक हेरम्बराज बास्तोलाले पुस्तकमाथि समीक्षा गरे ।
सगरमाथा प्रतिभा प्रतिस्ठानले लेखिकाको गृह जिल्ला सोलुखुम्बुमा गरेको विमोचन कार्यक्रममा सोलुखुम्बुका पुर्व सभासद आङ्दावा शेर्पा, सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, सगरमाथा प्रतिभा प्रतिस्ठानको महासचिव केशव गिरि लगायत अन्य साहित्यप्रेमीहरुको समेत उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन ७, २०७५ /Tuesday, February 19th, 2019, 10:41 am