पशुपति शर्माले “लुट्न सके जति लुट” भनेपछी, भिडियो सहित

काठमाडौँ, फागुन ४ । चर्चित लोकगायक पशुपति शर्माले नेपालमा लुट्न सके जति लुट्न भनेका छन् । शर्माले कुनै कार्यक्रममा नभई आफ्नो नयाँ गितमा यस्तो भनेका हुन् ।

प्रेम दिवसकै दिनमा सार्बजनिक गरिएको यस गीतमा गायक शर्माले आफ्नो गीत मार्फत नेपालमा हुने राजनीतिलाई ब्यङ्ग गरेका छन् । उनले यो गीतमा नेपालमा हुने गरेका लुटलाई ब्यङ्ग गर्दै यस्तो भनेका हुन् । वाइडबडीमा भएको घोटाला, सुनकाण्डको चर्चा गरिएको यस गीतमा सरकारी स्कुलमा पठाउनेको छोरा चाहि प्राइभेट स्कुलमा पढ्ने र सुब्बामा जागिर खाएका एक व्यक्तिले २ बर्षमै बंगला र गाडी जोडेको प्रसङ्ग जोडेका छन् ।

गीत मार्फत उनले एउटा राजा फालेर ल्याइएको गणतन्त्रले त्यस्ता कयौं डरलाग्दा राजाहरु आएको र सबै जनालाई लुट्न मात्र पर्छ भन्ने सोचाइ आएकोले देश बिग्रिएकोमा चिन्ता गरेका छन् ।

हेर्नुहोस् पशुपति शर्माको नयाँ लोकगीत “लुटन सके लुट नेपालमै हो छुट”

प्रकाशित मिति: शनिबार, फाल्गुन ४, २०७५ /Saturday, February 16th, 2019, 7:53 am