आज सार्वजनिक बिदा

गोरखा, फागुन २ । नेपालका पहिलो शहीद लखन थापाको स्मृतिमा आज गोरखाको शहीद लखन गाउँपालिकाले सार्वजानिक बिदा दिने निर्णय गरेको छ।

थापाका सहयोद्धा जयसिंह चुमी राना मगर र थापाको सम्झनामा गाउँपालिका मातहतका कार्यालयमा बिहिबार सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाकाले जनाएको छ। गाउँपालिकाका कार्यालयले एक विज्ञप्ति जारी गर्दै आज सार्वजनिक बिदा घोषणा गरेको हो।

वि. सं. १९३३ फागुन २ गते शहीद लखन गाउँपालिका ७ काहुलेभंगारमा थापालाई तत्कालीन जहानियाँ राणा सरकारको निर्देशनमा झुण्डाएर हत्या गरिएको थियो ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २, २०७५ /Thursday, February 14th, 2019, 5:44 am