टेलिकमको नमस्ते क्रेडिट सेवा बन्द, कहिले देखि हुन्छ त सुचारु ?

काठमाडाैं, फागुन १ । नेपाल टेलिकमले केहि समय अघि मात्र सुरु गरेको सापटी सेवा बन्द गरेको छ । टेलिकमले सबै मोबाइल फोन प्रयोगकर्ताहरुलाई एसएमएस पठाएर सापटी सेवा बन्द भएको जानकारी गराएको हो ।

टेलिकमले आफ्नो फेसबुक पेज मार्फत पनि सापटी सेवा बन्द गरिएको जानकारी दिएको छ । टेलिकमले मंगलबार आफ्नो फेसबुक पेजमा हाल संचालनमा रहेको सापटी सेवालाई थप सुधार गर्न लगिएकोले सेवा बन्द गर्न परेको जनाउदै फागुन २ गते देखि पुन: सेवा संचालनमा आउने जनाएको छ ।

टेलिकमले संचालन गरेको उक्त सापटी सेवा अन्तर्गत टेलिकमका प्रिपेड प्रयोगकर्ताले आफ्नो ब्यालेन्स सकिए पनि पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्मको ‘क्रेडिट टक टाइम’ को सुविधा पाउने गरेका थिए ।

ग्राहकले ब्यालेन्स सकिएपछि प्रयोग गरेको ‘टक टाइम’ बराबरको पैसा भने पछि रिचार्ज गरेपछि प्राप्त ‘ब्यालेन्स’बाट काटिने गरेको थियो ।

प्रकाशित मिति: बुधबार, फाल्गुन १, २०७५ /Wednesday, February 13th, 2019, 2:05 pm