डा. गोविन्द केसी अस्पताल भर्ना

काठमाडौं, मंसिर ३ । डा गोविन्द केसी छाती दुखाइका कारण त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोराक्सिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयूमा भर्ना गरिएका छन् ।

डा. केसीलाई सोमबार बिहान ४ बजे अस्पताल भर्ना गरिएको उनका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए। सिंहका अनुसार डा केसीको अहिले सीसीयूमा राखेर उपचार भइरहेको छ।

मनमोहन सेन्टरका डाक्टर अरुण सायमीले डा। केसीको स्वास्थ्य जाँच भइरहेको बताए। केसीको जाँचका केही रिपोर्टहरु आएका छन् भने केही आउने क्रममा रहेका डा. सायमीले बताए।

प्रकाशित मिति: सोमवार, मंसिर ३, २०७५ /Monday, November 19th, 2018, 12:31 pm