कति दिने भयो मिसन डेभलपमेन्ट बैंकले बोनस दिने ?

काठमाडौं, कात्तिक १२ । मिसन डेभलपमेन्ट बैंकले बोनस प्रस्ताव गरेको छ । ११ प्रतिशत बोनस शेयर दिने जानकारी नेप्सेले दिएको छ ।

सोमबा बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ११ प्रतिशत बोनस दिने निर्णय गरेको हो । कले बोनसमा लाग्ने कर तिर्न शून्य दशमलव ५७८५ नगद लाभांश पनि दिने भएको छ ।

बोनस प्रयोजनमा ५ करोड ७१ लाख २० हजार ८२२ रुपैयाँ र नगद लाभांशमा ३० लाख ६ हजार ३५९ रुपैयाँ खर्च गर्नेछ ।
बैंक सञ्चालक समितिले गरेको यो निर्णयलाई भने नेपाल राष्ट्र बैंक स्विकृत र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयधनीले पाउनेछन् ।

हाल बैंकको चुक्ता पुँजी ५१ करोड ९२ लाख ८० हजार रुपैयाँ छ । बोनस पछि चुक्ता पुँजी ५७ करोड ६४ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति: सोमवार, कार्तिक १२, २०७५ /Monday, October 29th, 2018, 6:39 pm