सर्विया पुगेर उर्जामन्त्री अनन्तले यसो भने

काठमाडौं, कात्तिक १० ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले नेपालको जलविद्युत विकासमा लगानी गर्न अन्तर्रा्ष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन् ।
शुत्रबार सर्बियामा आयोजित युरो एसिया इनर्जी सेक्युरिटी फोरममा मन्तव्य राख्दै मन्त्री पुनले नेपालमा उर्जा लगानीको क्षेत्रमा प्रचुर संभावना रहेको बताए ।
मन्त्री पुनलले नेपालको जलविद्युतमा लगानी गर्न चाहने व्यक्ति, कम्पनी, सामाजिक सुरक्षा कोष, युटिलिटी कम्पनी लगायतले आफ्नो योजना अनुसार लगानी गर्न पाउने बताए ।
इच्छुक अन्तर्राष्ट्रिय कम्पनीले आफूले रोजेको आयोजनामा उचित मोडालिटीमा लगानी गर्न सरकारले दिने बताउँदै उन कम्पनीले चाहेको मोडालिटीमा आयोजना विकास गर्न सरकारले सहयोग गर्न सक्ने स्पष्ट पारे ।
क्षेत्रीय सहकार्य र आवद्धताले नै दिगो क्षेत्रीय ऊर्जा विकासलाई सहयोग पु¥याउने मन्त्री पुनको भनाई छ ।
सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने र ५ हजार मेगावाट निर्यात गर्ने योजना रहेको उनले फोरममा जानकारी गराए ।
नेपालले ऊर्जा विकासमा सहकार्य गर्ने उद्देश्यले सार्क फ्रेमवर्क सम्झौता तथा बिम्स्टेक (बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास) ग्रिड इन्टरकनेक्सन गरेको विषयमा पनि उनले जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, कार्तिक १०, २०७५ /Saturday, October 27th, 2018, 2:49 pm