पहिलो चरणको मतदान शान्तिपूर्ण सम्पन्न, ६५ प्रतिशत मत खस्यो

काठमाडौँ, मंसिर १०। पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान समग्रमा शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा आयोजित बिशेष पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले निर्वाचन ऐतिहासिक रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै ६५ प्रतिशत भन्दा बढी मत खसेको अनुमान गरिएको बताए । प्राविधिक विषय भएकाले खसेको मतको यकिन तथ्यांक आउन समय लाग्ने उनको भनाई छ ।

आज मतदान सम्पन्न भएका उच्च पहाडी र हिमाली ३२ जिल्ला मध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको आयुक्त यादवले जानकारी दिए । प्राकृतिक कारणले स्थानीय तहको भन्दा कम मत खसेको अनुमान उनले गरेका छन् ।

मतपत्रले भरिएका अधिकांश स्थानका मतपेटिका आज ९आइतबार०नै जिल्ला सदरमुकाम ल्याइने र उच्च हिमाली र बिकट क्षेत्रका मतपेटिका सोमबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइने निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणमा निर्धारण गरिएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये दुर्इ मतदान केन्द्रको मात्र मतदान सरेको छ ।

रूकुमको बाफीकोटको काडास्थित रत्न माविको ‘क’ केन्द्र र आठवीसकोट ११ गत्तसैनास्थित नेपाल राष्ट्रिय माविको ‘ख’ केन्द्रको मतदान पुनः हुने भएको छ । रत्न मावि केन्द्रमा प्रतिनिधिसभा प्रत्यक्षतर्फको र नेपाल राष्ट्रिय माविको केन्द्रमा समानुपातिकतर्फको मतदान पुनः हुने भएको हो ।

प्रकाशित मिति: आइतवार, मंसिर १०, २०७४ /Sunday, November 26th, 2017, 6:46 pm