रु. १०० आवेदन दिन पाइने माइक्रोफाइनान्सको शेयर, अन्तिम म्याद भोलीसम्म, छुट्नुहोला है ?

काठमाडौं, कात्तिक ६ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि निष्कासन गरेको हकप्रदमा आवेदन दिने अन्तिम म्याद भोली मङ्गलवारसम्म छ ।

किसानले कात्तिक ७ गते मंगलवारसम्मका लागि १००ः२४.२२ को अनुपातमा ७८ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले भदौ ११ गते बुक क्लोज गरेकाले यस हकप्रदमा भदौ १० गतेसम्म शेयर स्वामित्व भएका सदस्यहरुले मात्र आवेदन दिन सक्नेछन् ।

हकप्रदका लागि विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सीटीसी मल सुन्धारा तथा सिभिल बैङ्कका विराटनगर, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल र नेपालगञ्ज शाखा कार्यालयबाट र किसान माइक्रोफाइनान्सको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति: सोमवार, कार्तिक ६, २०७४ /Monday, October 23rd, 2017, 11:25 am