वोमी माइक्रोफाइनान्सको शेयर मूल्य समायोजन

काठमाडौं, माघ २८ । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सेयरपछिको शेयर मूल्य समायोजन भएको छ ।

समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ९८९ दशमलव ४४ रुपैयाँ रहेको छ । यहि मूल्यलाई आधार मानेर आजको कारोबार हुनेछ ।

माइक्रोफाइनान्सले १०० प्रतिशत हकप्रद प्रस्ताव पारित गर्न फागुन ६ गते बिशेष साधारणसभा डाकेको छ । त्यसको लागि कम्पनीले माघ २८ अर्थात् आज साधारणसभामा भाग लिनको लागि बुक क्लोज तोकेको छ ।

प्रकाशित मिति: सोमवार, माघ २८, २०७५ /Monday, February 11th, 2019, 11:07 am