सोमबार सुनको भाउ घट्यो

काठमाडौं, माघ २८ । साताको दोस्रो सोमबार सुनको भाउ घटेको छ । सोमबार सुन तोलामा १ सय घटेको हो ।

नेपाल सुनचांदी ब्यबसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रति तोला ६२ हजार १ सय रुपैयामा कारोबार भएको थियो । तर सोमबार भने सुन प्रति तोला ६२ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तेजाबी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयामा कारोबार भएको छ ।

आइतबार चाँदीको भाउ स्थिर छ । सोमबार पनि आइतबार शुक्रबारको जस्तै चाँदी प्रति तोला ७ सय ७५ मा कारोबार भएको छ ।

प्रकाशित मिति: सोमवार, माघ २८, २०७५ /Monday, February 11th, 2019, 10:46 am