तीनै तहका सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं, माघ २८ । नेपाली कांग्रेसले वीरगञ्ज महानगरपालिकामा बीपी उद्यान नबनाइए थेग्नै नसक्ने गरी सडक र सदनबाट विरोध गर्ने भन्दै केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई चेतावनी दिएको छ । वीपी उद्यान बनाउन भनी करोडौं रुपयाँमा खरिद गरिएको जग्गामा अर्कै पार्क बनाउने षड्यन्त्र भएको भन्दै काँग्रेसले आपत्ति जनाएको हो ।

प्रदेश नं २ का मुख्यमन्त्रीले गत माघ १६ गते सोही जग्गाको १० विगाहमा शहिद पार्क बनाउने भनी शिलन्यास गरेका थिए ।

तत्कालीन श्रम तथा यातायात मन्त्री डा। प्रकाशचन्द्र लोहनीले ०६० साल कार्तिक २७ गते नै उक्त जग्गामा बीपी उद्यान बनाउने भनी शिलान्यास गर्नुभएको थियो । ०६० पुस २४ गते जारी धनिपुर्जामा ‘मन्त्रीपरिषद्को ०६०÷७÷२७ को निर्णयबमोजिम उपमहानगरपालिकाले वेचविखन एवं हक हस्तान्तरण गर्न नपाउने गरी, वीपी उद्यानवाहेक अन्य कुनै पनि प्रयोजनमा प्रयोग गर्न नपाउने उल्लेख छ । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: सोमवार, माघ २८, २०७५ /Monday, February 11th, 2019, 7:19 am