मानसिक यातनाका उजुरी धेरै

काठमाडौं, माघ २८ । सशस्त्र द्वन्द्वपीडितले मानसिक यातनाका सबैभन्दा बढी उजुरी दर्ता गराएका छन्। सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेको ६५ हजार उजुरीमध्ये मानसिक यातनासँग सम्बन्धित २० हजार ५१ उजुरी छन्।

चार वर्ष अवधिमा सत्य निरुपण आयोगमा ६२ हजार ९५० उजुरी संकलन भएका छन्। बेपत्ता पारिएका आयोगमा २५ सय उजुरी परेका छन्। सशस्त्र द्वन्द्वका बेला बलात्कार तथा यौनजन्य हिंसाका ३२२ उजुरी परेका छन्। १० हजार ८८१ हत्याका उजुरी परेको समाचार नागरिक दैनिकमा छ।

त्यसै गरी अपहरण तथा शरीर बन्धकमा चार हजार १४० वटा उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेका छन्।

प्रकाशित मिति: सोमवार, माघ २८, २०७५ /Monday, February 11th, 2019, 6:46 am