प्रचण्ड र अमेरिकी राजदुतको त्यो एक्ला एक्लै भेट

काठमाडौ,माघ २७ ।
भेनेजुयलामा अमेरिकाले राजनीतिक संकट थपेको भन्दै नेपालबाट कडा शब्दमा अमेरिकी हस्तक्षेपको विरोध गर्ने नेकपा अध्यक्ष प्रचण्डले राजदुतसङ्ग वान अन वान विशेष भेट गरेका छन ।
अमेरिकी राजदूत र्याण्डी बेरीले शनिबार खुमलटारस्थित निवासमै गएर नेकपा अध्यक्ष प्रचण्डसँग भेट गरेको नेकपाका केन्द्रीय नेता एवं सांसद देवेन्द्र पौडेलले खुलासा गरेका हुन ।

आइतबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा नेता पौडेलले भने, ‘नेपालस्थित अमेरिकी राजदुत र हाम्रो पार्टीका अध्यक्ष प्रचण्डबीच हिजो एक्लाएक्लै भेटवार्ता भैसकेको छ । अब यो समस्या (भेनेजुएला प्रकरण) हल भयो ।
अमेरिकी राजदुतले प्रचण्डलाई अमेरिका भ्रमणको निम्तोसमेत दिइसकेको नेकपा नेता पौडेलले बताए । उनले भने, ‘सबै कुरा मिलिसक्यो । सहमति भैसक्यो । अब यसलाई अनावश्यकरुपमा उचाल्नुहुँदैन ।’
पछिल्लो दिन भेनेजुयलामा राजनीतिक संकट चुलिएपछी नेकपा अध्यक्ष प्रचण्डले अमेरिकी हस्तक्षेपको विरोध गर्दै विज्ञप्ति निकालेपछी प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपि ओलिसङ्ग प्रचण्डको सम्बन्ध बिग्रेको थियो ।

प्रकाशित मिति: आइतवार, माघ २७, २०७५ /Sunday, February 10th, 2019, 10:47 pm