बढुवामा अन्याय गरिएको भन्दै एसपी उप्रेतीले दिए राजीनामा

काठमाडौं, माघ २७ । गृह मन्त्रालयको बढुवा सिफारिसमा असन्तुष्टी जनाउँदै एसपी नरेन्द्र उप्रेतीले राजीनामा दिएका छन् । गृह मन्त्रालय शनिबार राती १४ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेपछि असन्तुष्ट जनाउँदै उप्रेतीले आइतबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् ।

एसपीको राजिनामा हेड्क्वार्टर हुँदै गृह मन्त्रालयका सचिवले स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।

आफुभन्दा कनिष्ठलाई बढुवा गरेको भन्दै उनले आपत्ति पनि जनाएका छन् । उप्रेती भन्दा टेकप्रसाद राई, दीपक थापा, भीम ढकाल जुनियर प्रहरी अधिकृत हुन् ।

प्रहरी सेवामा विवादमा नआएका उनले प्रहरी रत्न लगायतका पदसमेत पाएका थिए ।

प्रकाशित मिति: आइतवार, माघ २७, २०७५ /Sunday, February 10th, 2019, 5:43 pm