आइतबार सुनको भाउ स्थिर

काठमाडौं, माघ २७ । साताको पहिलो दिन आइतबार सुनको भाउ स्थिर छ ।
नेपाल सुनचांदी ब्यबसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रति तोला ६२ हजार १ सय रुपैयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि सुन प्रति तोला ६२ हजार १ सयमै कारोबार भएको थियो ।
आइतबार तेजाबी सुन प्रतितोला ५९ हजार ८ सय रुपैयामा कारोबार भएको छ ।
आइतबार चाँदीको भाउँ पनि स्थिर छ । आइतबार शुक्रबारको जस्तै चाँदी प्रति तोला ७ सय ७५ मा कारोबार भएको छ ।