आइतबार नेप्सेमा दोहोरो अंकले गिरावट, यस्ता छन् सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं, माघ २७ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ दशमलव ०५ अंकले घटेर १ हजार १ सय २७ दशमलव ५३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै ‘‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक २ दशमलव ४० अंकले घटेर २ सय ४० दशलमव २१ को बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ६० कम्पनीको ७ लाख ८२ हजार ४७७ कित्ता शेयर खरिदबिक्री भई २३ करोड ५१ लाख ९४ हजार बराबरको कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी माछापुच्छ्रे बैंकको सेयर कारोबार भएको छ । यस दिन बैंकको १ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, अपर तामाकोशी हाइड्रोपावर र नेपाल इन्भेष्टमेन्ट बैंकको क्रमशः १ करोड ३९ लाख र १ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सर्वाधिक कमाउने कम्पनी
यस दिन सर्वाधिक कमाउनेमा विजय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयरमा आज १ दशमलव ७६ प्रतिशतले वृद्धि गरेको छ ।

सर्वाधिक गुमाउने कम्पनी
यस सर्वाधिक गुमाउनेमा श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ८८ प्रतिशतले घटेको छ । त्यस्तैसामुदायिक लघुवित्तको ५ दशमलव ०४ प्रतिशतले घट्यो ।

यस दिन १० वटा परिसुचकहरुमा होटल समूह मात्र बढेको छ भने बाँकी ९ वटा समूहहरु घटेको छ । सबैभन्दा बढी जीवन बीमा समूह १६० अंकले ओरालो लागेको छ । त्यस्तै, निर्जीवन बीमा ११०, हाइड्रोपावर २६, विकास बैंक १४ र अन्य बाँकी समूह एकल अंकले ओरालो लागेका छन् । होटल समूह भने ११ दशमलव ६८ अंकले उकालो लागेको छ ।

प्रकाशित मिति: आइतवार, माघ २७, २०७५ /Sunday, February 10th, 2019, 4:23 pm