जीवन बीमा कम्पनीको पूँजीवृद्धि योजना

काठमाडौं, माघ २७ । नेप्सेमा सूचीकृत ७ जीवन बीमा कम्पनीमध्ये २ कम्पनीले बीमा समितिले तोेकेको चुक्तापूँजी पु¥याएका छन् । नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले उक्त चुक्तापूँजी पु¥याएका हुन् । बाँकी ५ कम्पनीले पूँजीवृद्धिका लागि हकप्रद र बोनस शेयरको बाटो रोजेका छन् । बीमा समितिले २०७६ असार मसान्तसम्मका लागि पूँजीवृद्धिको समय थप गरेको छ । पूँजीवृद्धिका लागि सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर ल्याउने भएको छ । कम्पनीले ७० प्रतिशत हकप्रद शेयर जारी गर्नेछ । यसका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट मङ्सिर १२ गते स्वीकृति पाएको छ । कम्पनीले ७९ लाख २३ हजार ३ सय कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रदपछि कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ९२ करोड पुग्नेछ । यसपछि पनि अपुग हुने रकम कम्पनीले बोनस शेयर जारी गर्नुपर्ने हुन्छ ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ७८ करोड छ । अपुग रकम बोनस शेयर जारी गरेर पु¥याइने कम्पनीले बताएको छ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले पनि पूँजीवृद्धिका लागि हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले ६० प्रतिशत हकप्रद शेयर जारी गर्न सेबोनमा मङ्सिर १९ गते निवेदन दिएको छ । हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि उसको चुक्तापूँजी रू। २ अर्ब १ करोड पुग्नेछ ।

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी हकप्रद शेयर निष्कासन गर्ने तयारीमा छ । कम्पनीले २ बराबर १ अनुपातमा हकप्रद शेयर जारी गर्न सेबोनबाट २०७४ चैत १९ गते स्वीकृति पाएको थियो । आव २०७३र७४ को वित्तीय विवरण स्वीकृति र साधारणसभामा भएको ढिलाइको असर हकप्रद शेयर निष्कासनमा परेको हो । अब छिट्टै हकप्रद शेयर आउने कम्पनीले बताएको छ । यो हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू। ८९ करोड १० लाख पुग्नेछ । २०७३र७४ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको पुस ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरणको प्रस्ताव गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपछि कम्पनीको चुुक्तापूँजी रू। ९३ करोड ८५ लाख पुग्नेछ । अपुग रकम बोनस शेयर र हकप्रद शेयर जारी गरेर पूँजी पु¥याइने कम्पनीले बताएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन कम्पनीले १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । यसअघि कम्पनीले ३६ प्रतिशत बोनस शेयर र १ दशमलव ८९ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव बीमा समितिबाट अस्वीकृत भएको थियो । त्यसपछि वित्तीय विवरणमा संशोधन गरी पुनः पेश गर्न निर्देशन आएपछि कम्पनीले बोनस शेयर परिमार्जन गरेको हो । यो समाचार आजको आर्थिक अभियानमा लक्ष्मी शर्माले लेखेका छन् ।

    प्रकाशित मिति: आइतवार, माघ २७, २०७५ /Sunday, February 10th, 2019, 8:48 am