शुक्रबार बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर

काठमाडौं, माघ २५ । साताको छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य रु एक सयले बढेको हो । बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाले घटेको थियो ।

नेपाल सुनचांदी ब्यबसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला ६२ हजार १ सय रुपैयामा हुने छ । अघिल्लो दिन बिहीबार भने छापावाल सुनको मूल्य ६२ हजर रुपैया थियो । त्यस्तै बुधबार छापावाल सुनको मूल्य प्रति तोला २० हजार ४ सय रुपैया रहेको थियो भने मंगलबार भने सुन प्रति तोला ६२ हजार ६ सय रुपैयामा कारोबार भएको थियो ।

शुक्रबार तेजाबी सुन प्रतितोला ५९ हजार ८ सय रुपैयामा कारोबार हुने छ ।

बिहिबार चांदीको मुल्यमा पनि गिरावट आए पनि शुक्रबार भने चाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार चांदी तोलामा ५ रुपियाले घटेर प्रति तोला ७७५ रुपैयामा कारोबार भएको थियो । शुक्रबार पनि सोहि मुल्यमा कारोबार हुने महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा ७८५ रुपैयाँमा र बुधबार चाँदी प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५ /Friday, February 8th, 2019, 11:16 am