यूनिभर्सल पावरको आईपीओ आजबाट निष्कशन

काठमाडौं, माघ २५ । युनिभर्सल पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) आजबाट निष्काशन निष्काशन भएको छ । यसको शेयर आवेदन छिटोमा माघ २९ र ढिलोमा फागुन २६ मा बन्द हुने कम्पनीले जनाएको छ । यसको बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।

कम्पनीले स्थानीयको लागि २१ लाख ३ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । सो मध्ये बिक्रि नभएको १७ लाख ६६ हजार १ सय ५० कित्ता समेत थपेर सर्वसाधारणलाई ९३ लाख २७ हजार ४ सय १० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन हुन् लागेको हो । जस मध्ये १ लाख ८६ हजार ५ सय ४८ कित्ता शेयर कर्मचारीको लागि छुट्याइएको छ भने ४ लाख ६६ हजार ३ सय ७० कित्ता सामुहिक लगानी कोषको लागि रहेको छ । बाँकि रहेको ८६ लाख ७४ हजार ४ सय ९२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

स्थानीयले समेत नपत्याएको युनिभर्सलको आइपीओमा अब सर्वसाधारणले कसरी शेयर खरिद गर्लान त्यो भने हेर्न बाकी छ । यता यसभन्दा पहिला आइपीओ खरिद गरेको शेयर बजारका लगानीकर्ताको शेयर नै आइपीओको मुल्यभन्दा तल छ ।

यस आईपीओमा न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वाबाट आवेदन दिनुपर्नेछ । यसको जारी पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ छ ।

११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीले आयोजना प्रभावित क्षेत्र अन्तर्गत दोलखा जिल्लाको गौरीशंकर, कालिन्चोक र बिगु गाउँपालिकाकका स्थानीयका लागि यस्तो आइपीओ बिक्री गरेर सर्वसाधाणको लागि खुला गरेको हो ।

कम्पनीको आईपिओले ग्रेड ४ को रेटिंग पाएको छ । यसले कम्पनीको आधारभुत पक्ष औसत भन्दा तल रहेको देखाउछ ।

प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५ /Friday, February 8th, 2019, 6:42 am