बौद्धनाथ स्तुपालाई निषेधित क्षेत्र घोषणा गर्न भिक्षुहरुको माग

काठमाडौं, माघ २४ । लामा तथा भिक्षुहरुले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपा परिसर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न माग गरेका छन् । बिहीवार बौद्ध तथा मेलम्ची घ्याङ गुठी र बौद्धनाथ स्तुपाका लामा तथा भिक्षुहरुले गुठी संस्थानमा पुगेर केही समयदेखि स्तुपा परिसरमा समस्त बौद्धमार्गी तथा बुद्ध दर्शन र धार्मिक गतिविधिमा आधात पुग्नेगरी नारा जुलुस हुँन थालेको भन्दै निषेधित क्षेत्र घोषणा गर्न माग गरेका हुन ।

विश्वभरका बौद्धमार्गीको आस्था र धार्मिक पर्यटनको केन्द्रको रुपमा रहेको शान्ति स्थल बौद्धनाथ स्तुपा क्षेत्रभित्र केही गैरसरकारी संस्था, बौद्धनाथ क्षेत्र विकास समिति केही व्यक्ति र तामाङ कल्याण गुठीका केही व्यक्तिको उक्साहाटमा नारा जुलुस गर्ने, पर्चा पमप्लेट टास्ने जस्ता अवाञ्छित गतिविधि रोक्न गुठी संस्थान पुगेर भिक्षुहरुले आग्रह गरेका छन् ।

गुठी संस्थानका उपप्रशासक सरोज थपलियालाई ज्ञापन पत्र बुझाउँदै खेम्पो, आचार्य, लामा तथा भिक्षुहरुले जिल्ला प्रशासन कार्यलय मार्फत धर्म विरोधी गवितिधि तथा प्रदर्शन रोक्न र निषेधित क्षेत्र घोषण गर्न आग्रह गरेका हुन । धार्मिक क्षेत्रभित्र हुने यस्ता अशोभनीय गतिविधिले बौद्धनाथ स्तुपाका परमज्य औतारी धर्मगुरु रिन्पोछे भूपति बज्र लामा (चिनियाँ लामा) विरुद्ध अनास्था फैलाउँने काम भएको तथा नियमित पुजापाठमा समेत बाधा पुगेको लामाहरुले बताएका छन् । शान्ति सुरक्षामा समेत खलल पु¥याउँने गरी स्तुपा क्षेत्र भित्र धर्म विरोधी गतिविधि हुँन थालेको भन्दै लामा तथा भिक्षुहरुले चिन्ता व्यक्ति गरेका छन् । विश्वभरका पर्यटक आउँने शान्ति क्षेत्र बौद्धनाथ स्तुपामा प्रदर्शन भएको देख्दा विदेशी पर्यटकमा समेत गलत सन्देश जाने भन्दै भिक्षुले तत्काल यस्ता गतिविधि रोक्नु पर्नेमा जोड दिए ।

विश्व सम्पदा क्षेत्रभित्र पर्ने बौद्धनाथ स्तुपामा पुरातत्व विभाग र गुठी संस्थानबाट समेत अवैध पैसा नउठाउँन भनी पत्र काट्दा पनि तामाङ कल्याण गुठीले गैरकानुनी तवरले छेम्य घर (बत्ती बाल्ने ठाउँ) बनार्इ बत्ति बाले बापत भक्तजनहरुबाट पैसा उठाउने गरेको र गुठीको जग्गा समेत विभिन्न व्यक्तिले अतिक्रमण गरेकाले त्यसलाई बौद्ध तथा मेलम्ची घ्याङ गुठीले रोक्न खोज्दा स्थानीयको नाममा केही व्यक्तले उल्टै जुलुस गरेर भ्रम श्रृजना गरेको लामाहरुको भनाई छ ।

त्यस्तै बौद्धनाथ क्षेत्र विकास समितिले विश्व सम्पदा सूचीमा रहेको बौद्ध स्तुपामा ढलान गरेर फोकस लाइट राखेकाले त्यसलाई समेत हटाएर पुरातात्विक महत्वको सम्पदालाई जीवन्त राख्दै संरक्षण गर्न पर्ने पनि उनीहरुले बताए । यस अधि बौद्धनाथ स्तुपामा हुँने गरेको अबैध आर्थिक संकलनमा रोक लगाउन र बौद्ध तथा मेलम्ची घ्याङ गुठीको जग्गा अतिक्रम रोक्न माग गर्दै बौद्धनाथ स्तुपाका घर्म गुरु चिनिया लामा रिन्पोछे भूपति बज्र लामाले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त मुद्धामा सुनुवाइ गर्दै उच्च अदालते अवैध पैसा उठाउँने कार्य रोक्न र गुठीको जग्गा अतिक्रमण रोक्न आदेश दिएको थियो । तर फैसला कार्यान्वयन गरी अतिक्रमित जग्गा फिर्ता गर्नु र अवैध पैसा असुली रोक्नुको साटो उनीहरुले स्थानीको बाहनामा आर्थिक संकल र अवैध गविधि तथा जग्गा अतिक्रमणलाई ढाकछोप गुठी स्थानले नियुक्त गरेको धर्म गुरु चिनिया लामा विरुद्ध प्रर्दन र मिडियावाजी गरेको भिक्षु तथा लामाहरुको आरोप छ ।

यस अघि स्थानीयबासीका नाममा धर्मगुरु विरुद्ध विभिन्न लान्छना लगाएको भन्दै धर्मगुरु रिन्पोछे भूपति बज्र लामा (चिनियाँ लामा) प्रेस विज्ञप्ति समेत प्रकाशित गरेका थिए । बौद्धनाथ स्तुपामा राखिएको झिलिमिली वत्तीको तारबाट विद्युत चुवावट भएपछि मान्छेलाई करेन्ट लागेपछि त्यसलाई व्यवस्थित गर्न पुरातत्व विभागबाट अनुमति लिएर पिनकिला राख्न खोज्दा स्तुपा प्वाल पारेको झुटो आरोप लगाएकोले गुरुद्वारा पत्रकार सम्मेलन समेत गरेका थिए ।

 

प्रकाशित मिति: बिहिबार, माघ २४, २०७५ /Thursday, February 7th, 2019, 9:24 pm