एक्कासी मलेसिया उडे धुर्मुस सुन्तली

काठमाडौं, माघ २१ । धुर्मुस–सुन्तली मलेशिया उडेका छन् । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा बनाउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सहयो संकलनको लागि धुर्मुस–सुन्तली मलेशिया उडेका हुन् ।

उनीहरुको साथमा लोकदोहोरी गायक बद्री पंगेनी, गायिका मेलिना राई पनि सहभागी छिन् । सहयोग रकम संकलनका निम्ति मलेसियामा धुर्मुस सुन्तली साँझको आयोजना गरिएको छ ।

यो कार्यक्रम मलेसियाका विभिन्न शहरहरुमा आयोजना गर्ने तयारी रहेको धुर्मुस सुन्तली फाउण्डेसनका प्रमुखसमेत रहेका सिताराम कट्टेलले बताए ।

धुर्मुसले आफूहरुले रंगशालाको औपचारिक घोषणा गरेकै समयमा नेपाली क्रिकेट टिमले यूएईलाई हराउँदै ऐतिहासिक जित निकालेकाले अफ्नो हौसला अझ बढेको बताए ।

हामीले कसैलाई पनि दिनै पर्छ भनेका छैनौँ तर सबै नेपालीहरुले आफूले सकेको सहयोग गरेमा घोषित मितिभन्दा अगाडि नै नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माण सम्पन्न गर्न सकिने कुञ्जना घिमिरे (सुन्तली) ले बताइन् ।

प्रकाशित मिति: सोमवार, माघ २१, २०७५ /Monday, February 4th, 2019, 5:24 pm