भोलीदेखि ग्रीनलाईफ हाइड्रोपावरको आईपीओ निष्काशन

काठमाडौं, माघ २१ । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीले माघ २२ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी पूँजी एक अर्ब ८० करोडको १० प्रतिशत शेयर जारी गर्न लागको हो ।

साधारण शेयरमा दोलखा जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्र समूह ‘क’ अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बु बासिन्दाहरुलाई पाँच लाख ४० हजार कित्ता (३० प्रतिशत) का लागि आवेदन दिन पाउनेछन् ।

यसैगरि समूह ‘ख’ अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ नं वडाका बासिनदाका लागि ७ लाख २० हजार ९४० प्रतिशत० कित्ता शेयरका लागि आवेदन गर्न सक्नेछन् ।

यस्तै समूह ग’ अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं १ र २ जुगु वडा नं ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नं ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता शेयर छुट्टाइएको छ ।

तीनवटै समूहका बासिन्दाहरुको यस हाइड्रोपावर कम्पनीको शेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्तासम्म आवेदन गर्नसक्ने छन् । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक प्रबन्धक काठमाडौं क्यापिटल रहेको छ ।

स्थानीयहरुले ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको आयोजना स्थल, सेञ्चसरी कमर्सियल बैंक सिंगटी र चरिकोट शाखा तथा प्राइम कमर्सियल बैंकको शाखा कार्यालयहरु जिरी र बैतेश्वर शाखा कार्यालय मार्फत आवेदन गर्न सक्नेछन् ।

यस आईपिओमा आयोजना प्रभावित बासिन्दाले निष्काशन सुरु हुने दिन माघ २२ गतेदेखि छिटोमा १५ दिन अर्थात फागुन ७ गतेसम्म र डिलोमा ३५ दिन अर्थात फागुन २७ गतेसम्म आवेदन दिन पाउनेछन् ।

प्रकाशित मिति: सोमवार, माघ २१, २०७५ /Monday, February 4th, 2019, 7:31 am