वनमन्त्री शक्ति बस्नेतकी भतिजी बबिताले गरिन् आत्महत्या

ललितपुर, माघ २० । नेकपाका नेता एम वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतकी भतिजी बबिता बस्नेतले आत्महत्या गरेकी छिन ।

ललितपुरको बालकुमारीस्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतले सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो ।

बस्नेतले आइतबार आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र बहादुर धानुकले जानकारी दिए ।

प्रहरीका अनुसार आइतबार बिहान १० बजेसम्म नउठेपछि बबिताकी नन्दले ढोका ढकढक्याउँदा नखुलेपछि प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि पुगेको ललितपुर प्रहरीको टोलीले ढोका फोरेर हेर्दा पासो लगाएको अवस्थामा मृत शरीर फेला परेको थियो ।

मृतक बबिता ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती हुन् भने वनमन्त्री बस्नेतकी दाइको छोरी हुन् । प्रहरीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतवार, माघ २०, २०७५ /Sunday, February 3rd, 2019, 8:03 pm