नेपालीको क्यान्सर उपचार नेपालमै

काठमाडौं, माघ २० । क्यान्सर रोगको ‘डाइगोनोसिस एन्ड ट्रिटमेन्ट’ का लागि अब बिदेसिनु नपर्ने चिकित्सकहरुले दाबि गरेका छन् ।

नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर प्राली हरिसिद्वी, ललितपुरले ‘नेपालीको क्यान्सर उपचार नेपालमै’ भन्ने मुल नाराका साथ नेपाल चिकित्सक संघ भेरी र नेपालगञ्ज मेडिकल कलेजसँगको सहकार्यमा शनिबार आयोजित एक अन्तक्रिया कार्यक्रममा चिकित्सकहरुले यस्तो दाबि गरेका हुन् । नेपाल क्यान्सर अस्पताल एन्ड रिसर्च सेन्टर प्रालीका अध्यक्ष तथा सियिर कन्सल्टेन्ट मेडिकल अंकोलोजी डा।सुदिप श्रेष्ठले बिरामी तथा आफन्तमा नेपालमा क्यान्सर डाइगोनोसिस हुन सक्दैन भन्ने धारणा हटाउन जरुरी भएको बताए ।

क्यान्सर उपचारमा संलग्न चिकित्सक र अस्पतालबिच आपसी तालमेल र सहकार्य मात्र हुन सके मात्र बिरामीले अन्यत्र उपचारका लागि भौंतारिनु नपर्ने श्रेष्ठको दाबि छ । समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: आइतवार, माघ २०, २०७५ /Sunday, February 3rd, 2019, 7:25 am