गरिबीको रेखामुनि ४२ प्रतिशत दलित

काठमाडौं, माघ १८ । चरम गरिबीको रेखामुनि ४२ प्रतिशत दलित रहेका छन् । नेपालमा २५ प्रतिशत जनसंख्या चरम गरिबीको रेखामुनि रहेकामा दलित समुदायमा सबैभन्दा बढी गरिबी रहेको छ । ४० लाख दलितमध्ये १७ लाख चरम गरिब रहेका छन् ।

राष्ट्रिय योजना आयोगको २०७५ को अध्ययन अनुसार दलित समुदायको साक्षरता ४३ प्रतिशत मात्र रहेको साथै बाल तथा मातृ मृत्युदर प्रतिहजारमा ७७ जना रहेको पाइएको छ । संघीय संसदमा ३ सय ३४ सांसदमध्ये दलित सांसद २६ जना मात्र छन् । राष्ट्रिय सभामा प्रदेश प्रदेशबाट प्रतिनिधित्व गर्ने ७ जना दलित सांसद भए पनि सबै पुरुष मात्र रहेका छन् ।

अधिकांश दलितसँग घर बनाउने भूमि समेत छैन । भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले गरिब पहिचान कार्यक्रमलाई प्राथमिकता दिँदै भूमिहीन जनताको समस्या समाधान गरिने बताउनुभयो । समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५ /Friday, February 1st, 2019, 1:13 am