के हुन्छ स्तनको स्पर्शले ? जान्नुहोस् वैज्ञानिक तथ्य

काठमाडौं । स्तन महिलाहरुको यौन उत्तेजनामा योनी जति संवेदनशील हुन्छ । स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन । हुनत यो यथार्थ जान्ने र भोग्ने हरुले थाहा पाएकै कुरा हो । तर किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

अमेरिकाको रट्जर्स विश्वविद्यालयका अनुसन्धान कर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो ।

योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ ।

त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने अनुसन्धानकर्ताहरुको भनाइ छ ।अर्थात् स्तनमा हुने यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र लिंगको मिलन आवश्यक पर्दैन ।

आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले २३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन अह्राएका थिए ।यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ १६, २०७५ /Wednesday, January 30th, 2019, 4:55 pm