डिशहोमको नयाँ कनेक्सनमा विशेष छुट

काठमाडौं माघ १४ । डिश मिडिया नेटवर्कले नयाँ कनेक्सन जडान गर्ने आफ्ना ग्राहकहरुको लागी नेपालमानै सबै भन्दा सस्तो मूल्यको मासिक मूल्यमा आफ्नो सेवाहरु प्रदान गर्ने भएको छ ।

डिशहोमले वजारकै सवै भन्दा कम मूल्यको विभिन्न प्याकेजहरु प्रदान गर्न सुरु गरेको छ । जस अन्तर्गत बाबा आमा, गृहिणी र वच्चाहरुका लगी उपयुक्त च्यानलहरु भएको बेसिक प्याकेजको २५०, खेलकुद प्रेमिहरुका लागि लक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजको ३०० प्रति महिना उपलब्ध गराएको छ ।

त्यसैगरी, सम्पुर्ण एसडी र उत्कृष्ट एचडी च्यानलहरु भएको सुपर एचडी प्याकेज ३५० र सम्पुर्ण एचडी तथा एसडी च्यानलहरु भएको प्रिमिएम एचडी प्याकेज ४०० प्रति महिनामा उपलब्ध गराएको छ ।

यही माघ १० गतेवाट नयाँ एक्टिभेशनमा यो योजना लागू हुनेछ । यो मिति भन्दा अगाडिनै डिशहोम जडान गर्ने ग्राहकहरुले समेत वार्षिक रिचार्ज गरि माथि उल्लेखित मासिक मूल्यमा यो सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति: सोमवार, माघ १४, २०७५ /Monday, January 28th, 2019, 1:24 pm