माइक्रोसफ्टले किन आफ्ना प्रयोगकर्तालाई एन्ड्रोयड वा आइओएस चलाऊन भन्यो ?

कम्युटरको अपरेटिंग सिस्टमको रुपमा सर्बाधिक प्रयोग भइरहेको विन्डोज अपरेटिंग सिस्टम निर्माता टेक कम्पनी माइक्रोसफ्टले आफ्ना विण्डोज फोनका प्रयोगकर्ताहरुलाई अब विण्डोज फोनका साटो एन्ड्रोयड वा आइओएस डिभाइसहरु किन्न सुझाव दिएको छ ।

कम्पनीले विन्डोज फोनमा रहेको विन्डोज अपरेटिंग सिस्टमको अपडेट र सपोर्ट बन्द गर्ने भएपछि कम्पनीले यस्तो आग्रह गरेको हो ।

कम्पनीले युजर्ससँग विण्डोज १० (Windows 10 OS) मोबाइलहरुमा १० डिसेम्बरदेखि नयाँ सिक्योरिटी अपटेड प्राप्त गर्न बन्द जानकारी दिएको छ ।

कम्पनीले आफ्नो सपोर्ट पेजमा लेखेको छ, ‘विण्डोज १० मोबाइल ओएसका सपोर्ट बन्द गर्नुका साथै हामी ग्राहकहरुलाई एन्ड्रोयड वा आईओएस डिभाइस खरिदका लागि सिफारिस गर्दछौं, जसमा उनीहरुलाई सपोर्ट प्राप्त होस् ।’

‘माइक्रोसफ्टको मिशन प्रत्येक व्यक्ति तथा प्रत्येक संगठनलाई अझ धेरै प्राप्त गर्नका लागि सशक्त बनाउने हो, जून हामी ती प्लेटफर्महरु तथा डिभाइसहरुमा सपोर्ट उपलब्ध गराउनका लागि प्रेरित गर्दछ,’ कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित मिति: सोमवार, माघ ७, २०७५ /Monday, January 21st, 2019, 2:15 pm