सशस्त्र प्रहरीको दुर्घटनामा मृत्यु

सप्तरी, पुस ३० । सप्तरीको विष्णपुर गाउँपालिकास्थित निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी घाइते एक सशस्त्र प्रहरीको आज मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते राजविराज नगरपालिका–१६ बोरिया निवासी देवचन्द्र यादवका छोरा ३० वर्षीय सरोज यादवको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक खेम थापाले जानकारी दिए ।

राजविराजमा उपचार हुन नसकेपछि गए राति उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । सशस्त्र प्रहरी बल बेस क्याम्प पातोमा कार्यरत यादव सवार को ४ प १७७ नंको मोटरसाइकल गए राति साढे ७ बजे निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा निर्माण भइरहेको कल्भर्ट पुलमा ठोक्किएको थियो । अधरो पुलको फलामे छड उनको छातीमा रोपिएको थियो । रासस

प्रकाशित मिति: सोमवार, पुस ३०, २०७५ /Monday, January 14th, 2019, 8:35 pm