एचआइडिसिएले चुक्ता पूँजी २२ अर्ब पुर्याउने

काठमाडौँ, पुस ३० । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट लिमिटेड ९एचआइडिसिएल० ले चुक्ता पूँजी रु २२ अर्ब पु¥याउने भएको छ ।

कम्पनीको आज यहाँ सम्पन्न सातौँ वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार एक बराबर एकको दरले १०० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने प्रस्तावलाई पारित गरेको छ । सो प्रस्ताव पारित भएसँगै कम्पनीको चुक्ता पूँजी शत्प्रतिशत वृद्धि हुनेछ । कम्पनीले शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशतले हुने रु एक अर्ब बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीको हाल चुक्ता पूँजी रु १० अर्ब छ ।

रु एक अर्ब बराबरको शेयर लाभांश वितरण गरेपछि कम्पनीको चुक्ता पूँजी रु ११ अर्ब पुग्नेछ । कम्पनीको प्रस्तावअनुसार रु ११ अर्बको शत्प्रतिशतका दरले हुन आउने रकम बराबरको हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी रु २२ अर्ब पुग्ने साधारणसभामा जानकारी दिइयो । कम्पनीले शेयर लाभांश जारी गर्दा लाग्ने कर बराबर हुन आउने रु दुई करोड १० लाख ५२ हजार ६१३ नगद लाभांश स्वीकृत गरेको छ । कम्पनीका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको रु दुई अर्ब, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, महालेखा नियन्त्रक, कर्मचारी सञ्चयकोष, राष्ट्रिय बीमा संस्थान, नागरिक लगानी कोषको समान रु एक÷एक अर्ब र सर्वसाधारण शेयरधनीको रु दुई अर्ब बराबरको शेयर छ ।

कम्पनीले चालू आवसम्ममा ५७९ मेगावाट क्षमताका आयोजनामा ऋण लगानी गरेको छ । कम्पनीले घुन्सा खोला र सिम्बुवा खोला आयोजनामा ५१/५१ प्रतिशत शेयर लगानी गरेको छ । ती आयोजनाको क्षमता क्रमशः ७१ दशमलव ५ र ५३ दशमलव ७ मेगावाट छ । रासस

प्रकाशित मिति: सोमवार, पुस ३०, २०७५ /Monday, January 14th, 2019, 8:13 pm