चरेशसहित दुई पक्राउ

राँझा, पुस ३० । बाँकेको कोहलपुरमा प्रहरीले पाँच किलो ५० ग्राम चरेशसहित दुईलाई आज पक्राउ गरेको छ ।

बसपार्क नजिकबाट जाजरकोटको भेरी नगरपालिका २६ वर्षीय नरेन्द्रराज घर्ती र २९ वर्षीय धनबहादुर बुढालाई चरेशसहित पक्राउ गरिएको इप्रकाका प्रमुख प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए । पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको उनले बताए ।

प्रकाशित मिति: सोमवार, पुस ३०, २०७५ /Monday, January 14th, 2019, 6:37 pm