सोमबार दुई कम्पनीले प्रस्ताव गर्यो लाभांश

काठमाडौं, पुस ३० । सोमबार दुई कम्पनीले लाभांश प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव गर्नेमा नेसनल लाइफ इन्सुरेन्स र तारागाउँ रिजेन्सी होटल रहेका छन् ।

नेसनल लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७३–७४ को लाभांश घोषणा गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको लाभांशको रुपमा १३ दशमलव ५५ बोनस सेयर दिने घोषणा गरेको छ । यस्तै, बोनसमा लाग्ने कर तिर्न नगद लाभांशको पनि व्यवस्था गरिएको इन्सुरेन्सले जनाएको छ । नेसनलले बोनस सेयर भने गत भदौमा बिक्री गरेको ६० प्रतिशत हकप्रदपछि कायम २ अर्ब ६४ करोड ९७ लाख २३ हजार ३४४ रुपैयाँ चुक्ता पुँजीमा दिने जनाएको छ । बोनस सेयरपछि कम्पनीको पुँजी ३ अर्ब ७४ लाख ३५ हजार ९९५ रुपैयाँ पुग्नेछ ।

त्यसैगरी सोमबार तारागाउँ रिजेन्सी होटलले गत आर्थिक वर्ष २०७४–७५ को लाभांश घोषणा गरेको छ । कम्पनीले उक्त आर्थिक वर्षको लाभांशको रुपमा १२ शमलव ६३१ प्रतिशत (कर सहित) नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त निर्णय कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको हो ।

प्रकाशित मिति: सोमवार, पुस ३०, २०७५ /Monday, January 14th, 2019, 4:18 pm