पुस महिनाको अन्तिम कारोबार दिन बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

काठमाडौं, पुस ३० । पुस महिनाको अन्तिम कारोबार दिन नेप्से ११ दशमलव ७४ अंकले बढेको छ । सोमबार नेप्से ११ दशमलब ७४ अंकले बढेर १ हजार १ सय ८६ दशमलब ८० अंकमा पुगेको छ ।

नेप्से बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । स्टकका अनुसार आज कुल १ सय ५८ कम्पनीको ८ लाख ५ हजार ६०१ कित्ता शेयर खरिदबिक्री हुँदा २६ करोड ८१ लाख २४ हजार ६४४ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ०८ अंकले बढेर २ सय ५० दशमलव ४९ को बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १ सय ५८ कम्पनीको ८ लाख ५ हजार ६०१ कित्ता शेयर खरिदबिक्री हुँदा २६ करोड ८१ लाख २४ हजार ६४४ रुपैयाँको कारोबार भएको छ ।

यस दिन ९ वटा समूहहरुमा १ वटा समूह मात्र घटेको छ भने बाँकी ८ वटा समूहरु बढेका छन् ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडकोे भएको छ । जसको आज ४ करोड ७२ लाख ७६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा माथिलो तामाकोसी जलविद्युतको ५० प्रतिशतले वृद्धि गरेपनि यस कम्पनीको कारोबार भने सबै रद्द गरिएको छ । त्यस्तै नागरिक लगानीकोष, जनउत्थान सामुदायिक लघुवित्त र सिटि एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडको शेयरमा ९ दशमलव ९७ प्रतिशत, ९ दशमलव ७२ र ९ दशमलव १७ प्रतिशतले वृद्धि भएको छ ।

साथै सर्वाधिक गुमाउनेमा बैंक अफ काठमाण्डूका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ०५ प्रतिशतले घटेको छ । जसको आज मात्र मूल्य समायोजन भएको हो ।

यस दिन सानिमा माई हाइड्रोपावरको १० प्रतिशतको दरले हुन आउने २१ लाख १० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।

सोमबार माथिलो तामाकोशी जलविद्युत कम्पनीको शेयर मूल्यमा ५० प्रतिशतले वृद्धि हुदाँ सबै कारोबार रद्द गरेको छ । यस कम्पनीको शेयर कारोबार हिजो अर्थात आइतबारबाट मात्र कारोबार सुरु गरिएको थियो । जसको सुरुआती प्रतिकित्ता २२४ रुपैयाँमा निर्धारण गरेको थियो । आज बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मुल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोबार रद्द गरेको छ ।

प्रकाशित मिति: सोमवार, पुस ३०, २०७५ /Monday, January 14th, 2019, 4:16 pm