सेन्ट्रल फाइनान्सको धितोपत्र सूचीकरण स्थगित

काठमाडौं, पुस ३० । स्टकले सोमबार सेन्ट्रल फाइनान्स लिमिटेडको धितोपत्र सूचीकरण स्थगित गरेको छ । धितोपत्र बजार मूल्यमा प्रभाव पार्ने सूचना सम्प्रेषणबारे स्पष्ट जानकारी नदिइएकाले कम्पनीको धितोपत्र सूचीकरण स्थगित भएको हो ।

कम्पनीको २७ गते बसेको सञ्चालक समितिको निर्णयमा नगद लाभांशसम्बन्धी सूचना आइतबार पत्रमार्फत प्राप्त भएको थियो । बजार मूल्यलाई प्रभाव पार्ने सूचना तत्काल उपलब्ध गराउनुपर्ने व्यवस्था भएपनि दुई दिन ढिला गरेर मात्रै उपलब्ध भएको स्टकको भनाइ छ ।

स्टकले नियमानुसार आवश्यक सूचना वा जानकारी प्रमुख कार्यकारी अधिकृत हुने भनी व्यवस्था भएकाले सो जिम्मेवारी पूरा नगरेकाका कारण नियमअनुसार किन कारवाही नगर्ने भनी स्टकले स्पष्टीकरण सोधको छ । स्टकले २४ घण्टा भित्र आवश्यक स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति: सोमवार, पुस ३०, २०७५ /Monday, January 14th, 2019, 1:21 pm