स्टकको लापरवाहीले माथिल्लो तामाकोशीको सेयर मूल्य ५० प्रतिशतले बढ्यो

काठमाडौं, पुस ३० । सोमबार माथिल्लो तामाकोशी हाइड्रोपावरको सेयर मूल्य ५० प्रतिशतले बढेको देखिएको छ।

नेपाल स्टक एक्सचेञ्जमा कुनै पनि कम्पनीको सेयरमूल्य एक दिनमा १० प्रतिशतसम्म मात्र बढ्न सक्ने भए पनि नेप्सेको आधिकारिक वेबसाइटमा नै कम्पनीको सेयर मूल्य ५० प्रतिशतले बढेको देखिएको छ।

आइतबार २ सय २४ रुपैयाँमा कारोबार रोकिएको कम्पनीको सेयर मूल्य सोमबार ३ सय ३६ रुपैयाँ पुगेको छ।

स्टकको लापरबाहीका कारण लगानीकर्तालाई कम्पनीको सेयर खरिद–बिक्री गर्न समस्या भएको छ। यसैबिच शेयर मूल्य ५० प्रतिशतले बढेपछि आजको कारोबार स्टकले रद्ध गरेको छ ।

आजको बजार खुल्ने वित्तिकै सो कम्पनीको शेयर खरिदका लागि लगानीकर्ताले उच्च चासो देखाएका थिए ।

नेपाल स्टक एक्सचेञ्जको सूचकमा सोमबार कारोबार सुरु भएको केहि मिनेटमै तामाकोशीको शेयर मूल्य अस्वभाबिक रुपमा बढेको देखिएको थियो ।

प्रकाशित मिति: सोमवार, पुस ३०, २०७५ /Monday, January 14th, 2019, 12:48 pm