पुषको अन्तिम दिन सुनको मूल्य बढ्यो, चाँदीको भने स्थिर

काठमाडौँ, पुस ३० । पुष महिनाको अन्तिम दिन नेपाली सुन बजारमा छापावाल सुनको मूल्य बढेको छ ।

अघिल्लो दिन आइतबार तोलामा २ सय रुपैयाले घटेको सुनको मूल्य सोमबार भने तोलामा १ सयले बढेको छ ।

सोमबार नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी सोमबार तेजाबी सुन प्रति तोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

गत हप्ताको बिहीबार र शुक्रबार चाँदी प्रतितोला रु. ७ सय ६५ मा कारोबार भएकोमा आइतबार प्रति तोलामा ५ रुपैयाँले घटेर प्रति तोला रु. ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार पनि चाँदी तोलामा ७ सय ६० रुपैयाँमै कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, पुस ३०, २०७५ /Monday, January 14th, 2019, 11:35 am