मिथिला लघुवित्तको हकप्रद शेयरमा आवेदन दिने सोमवार अन्तिम दिन

काठमाडौं, पुस ३० । मिथिला लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर सुरक्षित गर्ने सोमवार अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि माघ १ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । पुस ३० गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयर धनीहरूले हकप्रद शेयरमा आवेदन दिन हकदार हुनेछन् ।

कम्पनीले २ बराबर १ को अनुपातमा ३ लाख २९ हजार ८ सय ८९ दशमलव ६९ कित्ता हकप्रद शेयर जारी गर्न निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पुस १३ गते स्वीकृित पाएको छ । केयर रेटिङ्ग नेपालले यो हकप्रदलाई आधारभूत पक्ष कमजोर रहेको देखाउने केयर एनपी ग्रेड ४ प्रदान गरेको छ ।

कम्पनीकोे विक्री प्रवन्धकमा काठमाडौं क्यापीटल मार्केट लिमिटेड रहेको छ ।

हाल लघुवित्त कम्पनीको चुक्ता पुंजी ६ करोड ५९ लाख रहेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट १० दशमलव ४५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रकाशित मिति: सोमवार, पुस ३०, २०७५ /Monday, January 14th, 2019, 8:42 am