आजदेखि पाँचथर पावरको आईपीओ निष्कासन

काठमाडौं, पुस ३० । पाँचथर पावर कम्पनीले सोमवारदेखि साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले स्थानीयका लागि ९ लाख ६५ हजार ५ सय कित्ता आईपीओ विक्रीमा ल्याएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र पाँचथर जिल्लाको तल्कालिन भारपा, याङ्गनाम र नाँगिन गा।बि।स हाल फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलुङ्ग गाउँपालिकाका वासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो । आईपीओ निष्कासन बन्द मिति छिटोमा माघ १४ र ढिलोमा माघ २९ रहेको छ ।

आयोजना प्रभावित क्षेत्रका वासिन्दाले न्यूनतम कित्ता १० र अधिकतम ९ हजार ६ सय २० कित्ताको लागि आवेदन दिन सक्नेछन् । यस आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपि आईपीओ ग्रेड ४ प्रदान गरेको छ । यसले आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । साथै, आवेदकले पाँचथर फिदिममा भएका कृषि विकास बैंक, सेञ्चुरी बैंक, गुडविल फाइनान्स र पाँचथर पावर कम्पनीको हेवा खोला ए जलविद्युत आयोजनाको कार्यालय फिदिम नगरपालिका १० याङ्गम पाँचथरबाट आवेदन दिन सक्नेछन् । स्थानीयका लागि निष्कासन गरिएको धितोपत्रको निष्कासन कार्य बन्द पछि कम्पनीले सर्वसाधारणका लागि धितोपत्र विक्री खुला गर्नेछ । आर्थिक अभियानबाट

प्रकाशित मिति: सोमवार, पुस ३०, २०७५ /Monday, January 14th, 2019, 8:26 am