‘कोकसँग रक्सी खुवाएर बलात्कार’

काठमाडौं, पुस ३० । कोकमा रक्सी मिसाएर मताएर दुई युवकले झापा भद्रपुरको एक किशोरीलाई बलात्कार गरेका छन् । घटनामा संलग्नताको अभियोगमा एक जनालाई जिल्ला प्रहरीले भद्रपुर–२ बाट पक्राउ गरेको डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।

पक्राउ पर्नेमा भद्रपुर–४ फागु चोकका ३२ वर्षीय घरबहादुर लिम्बू छन् भने सोही ठाउँका २८ वर्षीय राजेश राजवंशी फरार छन् । उनी भारततर्फ भागेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । उनीहरुले पुस २२ गते दुई किशोरीलाई जबजस्ती कोक पिलाएका थिए ।

किशोरीले चिनजानका आधारमा कोक पिएका थिए । तर रक्सी मिसाएर खुवाएको उनीहरुले पत्तो पाएनन् । बढी मात लागेकी किशोरीलाई युवकले नजिकै जंगलमा बलात्कार गरेका थिए । उनलाई बेहोस बनाएर उनीहरु जंगलबाटै भागेको अनुसन्धानबाट खुलेको छ । समाचार अन्नपूर्ण पोस्ट्ले प्रकाशित गरेको छ ।

प्रकाशित मिति: सोमवार, पुस ३०, २०७५ /Monday, January 14th, 2019, 7:19 am