कांग्रेसको सरकारः कोको छन् मन्त्रीका दाबेदार ?

काठमाडौं, पुस ३० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको निगरानी गर्न गठन गर्न लागेको छाया सरकारमा मन्त्री हुन कांग्रेस सांसदहरुको सहभागितामा कमी देखिएको छ । कांग्रेसले रुचि भएको मन्त्रालय माग गरी नाम टिपाउन दिएको ६ दिन भइसक्दा पनि हालसम्म १० जना सांसदले मात्र नाम टिपाएका छन् ।

मन्त्री हुन नाम टिपाउनेहरुमा दिलेन्द्रप्रसाद बडू, देवेन्द्रराज कँडेल, भीमसेनदास प्रधान, डा. डिला संग्रौला, सुजाता परियार, देवप्रसाद तिमल्सेना, तेजुलाल चौधरी, मीनाक्षी झा, जिपछिरिङ लामा र रामबहादुर विष्ट रहेका छन् ।

कांग्रेसले प्राथमिकताका आधारमा तीन मन्त्रालय छान्न ६३ सांसदको नामसहितको फाराम पुस २४ देखि दलको कार्यालय सिंहदरबार र संसद भवन नयाँ बानेश्वरमा राखेको छ । तर नाम टिपाउन दिइएको एक हप्ताको समय टुंगिनै लाग्दा पनि सहभागिता न्यून देखिएको छ । समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: सोमवार, पुस ३०, २०७५ /Monday, January 14th, 2019, 7:03 am