उपकार फाउन्डेसन नेपालद्वारा न्यानो कपडा वितरण

ललितपुर, पुस २९ । उपकार फाउन्डेसन नेपालले “न्यानो उपकार” कार्यक्रम अन्तर्गत चिसोबाट प्रभावितहरुको लागि न्यानो कपडा वितरण गरेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको उपकार फाउन्डेसन नेपालले शनिवार चिसोबाट प्रभावित ललितपुर र काठमाडौका दुई आश्रममा झन्डै पचास हजारको न्यानो कपडा वितरण गरेको हो ।

मानव सेवा आश्रम ललितपुर र काठमाडौको बत्तिसपुतलीमा रहेको राम मन्दिरको मानव सेवा आश्रम पुगेर फाउन्डेसनले न्यानो कपडा बाडेको हो । आश्रममा रहेका व्यक्तिहरुलाइ चिसो लाग्न नदिन न्यानो कपडा बाडेको फाउन्डेसनले जनाएको छ । दुई वटै आश्रममा भएका सबैका लागि कपडा वितरण गरिएको छ ।
काठमाडौ उपत्यकामा पुस लागेसंगै चिसो बढेको र त्यसबाट धेरै प्रभावित भएपछी न्यानो कपडा सङ्कलन गर्न सुरु गरेको न्यानो उपकार कार्यक्रमका संयोजक सुनिल तिमल्सिनाले बताए । झन्डै एक महिना लगाएर विभिन्न खालका कपडा संकलन गरिएको थियो ।

सामाजिक क्षेत्रमा काम गरिरहेको फाउन्डेसनले आफ्नो उत्तर दायित्व अन्तर्गत जिम्मेवारी पूरा गरेको जनाएको छ ।

प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ /Sunday, January 13th, 2019, 10:45 pm