आइतबार नेप्से घटेपनि कारोबार उस्तै, दुई कम्पनीद्वारा लाभांश घोषणा

काठमाडौं, पुस २९ । साताको पहिलो दिन आइतबार नेप्सेमा ५ दशमलव ७८ अंकको गिरावट आएको छ। यस दिन नेप्से घटेर १ हजार १ सय ७५ दशमलव ०५ अंकमा आइपुगेको छ ।

गत हप्ताको बिहिबार भने नेप्से १ दशमलब ४८ अंकले बढेर हजार १ सय ८० दशमलव ८४ अंकमा पुगेको थियो ।

त्यस्तै आइतबार ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव २३ अंकले घटेर २ सय ४९ दशमलव ४२ को बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन कुल १ सय ५८ कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता शेयर खरिदबिक्री हुँदा ३७ करोड २९ लाख १५ हजार ७०६ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार १६३ कम्पनीको १३ लाख ८७ हजार ५ सय ९२ कित्ता सेयर कारोबार हुँदा ३६ करोड ६३ लाख २४ हजार १ सय ६४ रुपैयाको कारोबार भएको थियो ।

यस दिन १० वटा समूहहरुमा २ वटा समूहहरु बढेका छन् भने बाँकी ८ वटा समूहरु घटेका छन् ।

यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडकोे भएको छ । जसको आज ११ करोड ५९ लाख १० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९५ प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीको शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव भएकोले मूल्यमा वृद्धि भएको हो ।

साथै सर्वाधिक गुमाउनेमा भार्गव विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ७१ प्रतिशतले घटेको छ ।

दुई कम्पनीद्वारा लाभांश घोषणा
आइतबार २ कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्ने कम्पनीमा सेन्ट्रल फाइनान्स र ओम डेभलपमेन्ट बैंक रहेका छन् ।

सेन्ट्रल फाइनान्स
सेन्ट्रल फाइनान्सले गत आर्थिक बर्ष २०७४–७५ को कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । फाइनान्सको पुस २७ मा बसेको संचालक समितिको २६७ औं बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको हो । फाइनान्सले ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ नगद लाभांश दिने भएको हो ।

ओम डेभलपमेन्ट बैंक
बैंकले गत आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट १२ दशमलव ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको पुस २७ गते बसेको १५९औं बैठकले शेयरधनीलाई १२.७० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

सेन्ट्रल र ओमले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्विकृति तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात् मात्र वितरण गरिनेछ । लाभांशका लागि कम्पनीले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ । बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश पाउनेछन ।

प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ /Sunday, January 13th, 2019, 3:31 pm