नेविसंघका ४५ जनाले दिए राजीनामा

काठमाडौं, पुस २९ तदर्थ समिति तत्काल गठन गर्न माग गर्दै नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संघका २ सहमहामन्त्रीसहित ४५ केन्द्रीय सदस्यले आइतबार पदबाट राजीनामा दिएका छन् ।

सहमहामन्त्री हरिहर शर्मा र ललिता सुनारको नेतृत्वमा उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । यी सबै नेता रामचन्द्र पौडल निकटका मानिन्छन् । उनीहरूले संघको तदर्थ समितिको नेतृत्व आफूहरूले गर्न पाउनुपर्ने दाबी गरेका छन् ।

माघ २ सम्म पदावधि रहेको वर्तमान कार्यसमितिले १२औं महाधिवेसन समयमा गर्न नसकेको जनाउँदै सदस्यहरुले नेता पौडेलसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्।

यसअघि पार्टी सभापति नजिकका सात पदाधिकारीले राजीनामा बुझाएका थिए ।

प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ /Sunday, January 13th, 2019, 2:30 pm