दुई कम्पनीद्वारा लाभांश घोषणा, हेर्नुहोस् कुन कम्पनीको कति ?

काठमाडौं, पुस २९ । आइतबार २ कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्ने कम्पनीमा सेन्ट्रल फाइनान्स र ओम डेभलपमेन्ट बैंक रहेका छन् ।

सेन्ट्रल फाइनान्स
सेन्ट्रल फाइनान्सले गत आर्थिक बर्ष २०७४–७५ को कमाईबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । फाइनान्सको पुस २७ मा बसेको संचालक समितिको २६७ औं बैठकले गत आर्थिक बर्षको कमाईबाट सेयरधनीहरुलाई ७ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको हो । फाइनान्सले ५ करोड ७६ लाख ३७ हजार ८ सय ५० रुपैयाँ नगद लाभांश दिने भएको हो ।

ओम डेभलपमेन्ट बैंक
बैंकले गत आर्थिक वर्ष २०७४–७५ को मुनाफाबाट १२ दशमलव ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको पुस २७ गते बसेको १५९औं बैठकले शेयरधनीलाई १२.७० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

सेन्ट्रल र ओमले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्विकृति तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपश्चात् मात्र वितरण गरिनेछ । लाभांशका लागि कम्पनीले बुक क्लोजका लागि पछि अलगै सूचना जारि गर्नेछ । बुक क्लोजको मितिसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश पाउनेछन ।

प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ /Sunday, January 13th, 2019, 12:03 pm