माथिल्लो तामाकोसीको सेयरको पहिलो कारोबार २२४ मा सुरू, खरिदकर्ताहरु आकर्षित

काठमाडौं, पुस २९ । माथिल्लो तामाकोसी जलविद्युत कम्पनीको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज मा पहिलो कारोबार २२४ रुपैयाँ ६७ पैसामा कारोबार सुरु भएको छ । नेप्सेले कम्पनीको न्यूनतम सेयर मूल्य ७४ रुपैयाँ तथा अधिकतम सेयर मूल्य २२४ रुपैयाँ ताकेको थियो । कम्पनीको सेयर कारोबार २२४ रूपैयाँ मूल्यबाट खुलेको हो ।

तामाकोशीको १० करोड ५९ लाख कित्ता साधारण सेयर सूचीकृत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो । माथिल्लो तामाकोसी कम्पनीको सिम्बोल नेप्सेले UPPER (अप्पर) दिएको छ । यो समाचार तयार गर्दा तामाकोशीको शेयर विक्रेता मार्केट डेम्थमा कोही पनि देखिएको छैन । तर खरिदकर्ताको सूचिमा १८४ जनाले १ लाख ५६ हजार ११५ कित्ता २२४ मा माग गरेका छन् ।

प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ /Sunday, January 13th, 2019, 11:31 am