आइतबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, पुस २९ । साताको पहिलो दिन आइतबार नेपाली सुन बजारमा छापावाल सुनको भाउ घटेको छ ।

गत विहीबार र शुक्रबार नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ६० हजार ७ सयमा कारोबार भएकोमा आइतबार भने प्रति तोलामा २ सय घटेको छ ।

आइतबार नेपाली सुन बजारमा छापावाल सुन प्रति तोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आइतबार तेजाबी सुन प्रति तोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

उता बिहीबार र शुक्रबार चाँदी प्रतितोला रु. ७ सय ६५ कारोबार भइरहेकोमा आइतबार प्रति तोलामा ५ रुपैयाँ घटेको छ । आइतबार चाँदी प्रति तोला रु. ७ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ /Sunday, January 13th, 2019, 11:08 am