रुपन्देहीमा प्रहरी माथि गोलि चल्यो ! एक जनाको मृत्यू

काठमाडौँ, पुस २९ । रुपन्देहीमा प्रहरीको गोलि लागि १ व्यक्तिको मृत्यु भएको छ । प्रहरीको गोलि लागि मृत्यु हुने व्यक्ति तस्कर समूहको १ सदस्य रहेको हुन सक्ने अनुमान गरिएको छ ।

सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा रहेको प्रहरी माथि गोलि प्रहार भएपछि प्रहरीले पनि गोलि चलाएको थियो। भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करले चलाएको गोलि लागि प्रहरी जवान कृष्ण श्रेष्ठ पनि घाइते भएका छन्।

प्रहरी जवान कृष्ण श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको प्रहरीले जानकारी गराएको छ ।

प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ /Sunday, January 13th, 2019, 9:55 am