७ लाख कित्ता शेयर आजबाट विक्रीमा

काठमाडौं, पुस २९ । सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडले बोलकबोल प्रकृयाबाट लिलामीमा ल्याएको अवितरित हकप्रदमा आजदेखिदेखि विक्री खुला भएको छ । कम्पनीले संस्थापक समूह तर्फको २ लाख ५७ हजार ६ सय ३१ कित्ता र सर्वसाधारण समूह तर्फको ४ लाख ७८ हजार ४ सय ५६ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । यो शेयरमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले लिलामी शेयरको न्यूनतम मूल्य रू. १ सय तोकेको हुँदा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ । शेयरमा संस्थापक समूहतर्फ न्यूनतम १ हजार तथा सर्वसाधारण समूहतर्फ १ सय कित्ता र अधिकतममा सम्पूर्ण कित्ताको लागि बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीको विक्री प्रबन्धक काठमाडौं क्यापिटल लिमिटेड रहेको छ । आर्थिक अभियानबाट

प्रकाशित मिति: आइतवार, पुस २९, २०७५ /Sunday, January 13th, 2019, 8:06 am